Like us!
Follow us!
Connect us!
Watch us!

नबिल र एनबीबीएल सेक्युरिटिजले असार १ देखि एकीकृत कारोबार सुरु गर्दै

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १२ : २५ मा प्रकाशित

नबिल र एनबीबीएल सेक्युरिटिजले असार १ देखि एकीकृत कारोबार सुरु गर्दै

नबिल सेक्युरिटिजले एनबीबीएल सेक्युरिटिजलाई प्राप्ति गरेर आउँदो असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ। नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई प्राप्ति गरी ‘नबिल सेक्युरिटिज लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। 

नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्टक डिलर सञ्चालनका लागि लाइसेन्स पाइसकेको छ। अब उक्त कम्पनीले नेप्सेबाट कारोबार सदस्यता पाएपछि स्टक डिलरका रुपमा काम गर्नेछ। 

दुवै कम्पनीको गत जेठ १२ गते सम्पन्न विशेष साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेको थियो। यी दुवै कम्पनीको प्राप्ति प्रक्रियालाई कम्पनी रजिस्ट्रार कार्यालयबाट जेठ २२ गते अन्तिम स्वीकृति दिएको थियो। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा गाभिएका हुन्। 

एनबीबीएल सेक्युरिटिज तत्कालीन नेपाल बंगलादेश बैंकको सहायक कम्पनी थियो। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि एनबीबीएल नबिल सेक्युरिटिजले प्राप्ति गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको