Like us!
Follow us!
Connect us!
Watch us!

करको दायरा मात्र बढाएर नेपालको अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैनः सांसद शाही

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १३ : ३६ मा प्रकाशित

करको दायरा मात्र बढाएर नेपालको अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैनः सांसद शाही

सांसद महेन्द्रबहादुर शाहीले करको दायर मात्र बढाएर अर्थतन्त्रको सुधार गर्न नसकिने बताएका छन्। आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रम एकातिर छ, तर बजेट भने अर्को तर्फ केन्द्रित भएको स्पष्ट पारे। 

उनले भने,  ‘बजेटलाई हेर्दा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटघाट नभएको मैले बुझेको छु। नीति तथा कार्यक्रम एकातिर छ र बजेट अर्को तर्फ केन्द्रित छ। करको दायरा मात्र बढाएर नेपालको अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैन।’उनले देशको लागि पूर्वाधार निमार्णमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको