Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट नयाँ बुलको यात्रामा, पैसा छाप्ने सुनौलो मौका : दिपेन्द्र अग्रवाल

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १६ : ४६ मा प्रकाशित

मार्केट नयाँ बुलको यात्रामा, पैसा छाप्ने सुनौलो मौका : दिपेन्द्र अग्रवाल

सेयर मार्केटले नयाँ बुलको यात्रा सुरू गरिरहेको लगानीकर्ता दिपेन्द्र अग्रवालले बताएका छन् । अर्थ संसारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, "अहिलेसम्म एकुमुलेसन फेज चलिरहेको थियो, अब बिस्तारै यो बाई फेज पुगेपछि बुलको लय समात्छ । हामीले के बुझ्नुपर्यो भने २३-२४ सय पुगेपछि बुलकाे लय समात्छ । अहिले चाहीँ एकुमुलेसन हुँदै मान्छेहरूले अलिकति हाईयर साइडको सेयर खान सुरू गरिसकेका छन् । हामीले नन लाइफहरूमा बुल सुरू गरिसकेका छाैँ । फाइनान्समा आज सुपरबाई थियाे । मार्केट नयाँ बुलको यात्रामा छ ।"

"म त जमानादेखि बोलिराछु मार्केट बुल फेजमा छ । घर जग्गामा लगानी गर्न सकिँदैन, बिजनेसमा २५ प्रतिशत प्री वर्किङ क्यापिटल मात्रै लोन पाइराखेको छ," उनी भन्छन्, "नेपालमा औषतमा प्रति महिना १ खर्बको दरले रेमिट्यान्स आईरहेको छ भने अब सेयर बजारबाहेक लगानी गर्ने अरू कुनै ठाउँ छैन ।"

गाडी चलाउने बेलामा गेयर हाल्दा २०-३० गर्दै फोर्थसम्म आउँदा १०० को स्पिड समाते झैँ मार्केट पनि एउटा फेजमा चलिरहने उनी बताउँछन् । मार्केट २४०० काे विन्दुमा पुगेपछि १०० को स्पिड समात्ने उनकाे तर्क छ । भोलिका दिनमा मार्केटमा पैसा छाप्ने सुनौलो मौका रहेको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको