हाम्रो गिफ्ट्सले नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहार पठाउने सेवालाई थप विस्तार तथा विश्वसनिय बनाउँदै देवयानी इन्टरनेशनल नेपालसँग सहकार्य गरेको छ । यसले विश्वभर छरिएर बसेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनहरूलाई उपहार पठाउनको लागि सेवा विस्तार गरेको छ । देवयानी इन्टरनेशनल नेपालले नेपालमा भएका के.एफ.सी (KFC) र पिज्जा हट (Pizza Hut) का फास्ट फुडहरू संचालन गर्दै आएको छ।
यसै प्रक्रिया अनुरुप देवयानी इन्टरनेशनल नेपाल र हाम्रो गिफ्टले पारस्परिक रूपमा लाभदायक कार्य सम्बन्ध स्थापना गर्ने उदेश्यले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो साझेदारी पश्चात विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनहरूलाई के.एफ.सी. (KFC) र पिज्जा हट (Pizza Hut) का परिकारहरू हाम्रो गिफ्टको नेटवर्क मार्फत पठाउन सक्नेछन् । यस साझेदारीबाट विदेशमा रहेका नेपाली नागरिकहरूलाई नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग अझ नजिक बनाउने विश्वास लिइएको छ ।
“यस प्लेटफर्मले नेपाल बाहिर बसोबास गर्ने ब्यक्तिहरुले आफ्ना आफन्तसँगको भौतिक दूरीलाई कम गरी अझ मजबुत बनाउने ब्यहोरा देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तिय अधिकृत रितुराज शाहले बताए । “यस सहकार्यले हामीलाई छिटो र भरपर्दो डेलिभरी सेवाहरू सुनिश्चित गरेर हाम्रा ग्राहकहरूलाई अझ बढी आनन्दको बातावरण रचना गर्नेछ र यो रणनीतिक गठबन्धनले बजारमा हाम्रो स्थिति बलियो बनाउने र विश्वव्यापी रूपमा नेपाली समुदायको सेवा गर्ने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउनेछ “ हाम्रो गिफ्ट्सका निर्देशक मनिषमान महर्जनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस