Like us!
Follow us!
Connect us!
Watch us!

मार्केटमा बुलिस चरणको यात्रा सुरू : विश्लेषक काेइराला (काका)

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, १७ : १५ मा प्रकाशित

मार्केटमा बुलिस चरणको यात्रा सुरू : विश्लेषक काेइराला (काका)

यतिबेला मार्केटमा बुलिस सेन्टिमेन्ट बनेकाे सेयर बजारका चर्चित विश्लेषक केशव कोइराला (काका) बताउँछन् । अर्थ संसारसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । 

बजारकाे पछिल्लाे अवस्थाकाे बारेमा बाेल्दै उनले सेयर बजार अझै माथि जाने देखिएकाे बताएका छन् । "मार्केटमा बुलिस सेन्टिमेन्ट छ अहिले । अब बजार धेरै बढेपछि अलिअलि सानाेतिनाे करेक्सन, इन्ट्रा डे करेक्सन, एक दिन दुई दिन करेक्सन हुनु भनेको सामान्य हो । तर बजार अझै माथि जाने देखिन्छ । ", उनले भने ।

अहिले बजारमा निकै पैसा भित्रिसकेकाे उनले बताए । दैनिक ४-५ अर्बकाे काराेबार हुन थाल्नु भनेकाे राम्राे संकेत रहेकाे उनले बताए । बजारकाे अहिलेकाे अवस्था सबै हिसाबले एकदमै राम्राे रहेकाे उनी बताउँछन् । 

मार्केट बुलिस चरणमा प्रवेश गरेको उनको धारणा छ । उनी भन्छन्, "बजार बुलमा गयो भनेर एकैचोटी ३२ सय पुग्ने होइन तर अब बुलिस चरणको यात्रा चाहीँ सुरू भयो ।"

पछिल्लाे केही दिनयता सेयर बजार लगातार उकालाे यात्रामा छ । नेप्से परिसूचकसँगै काराेबार रकममा पनि आकर्षक वृद्धि देखिईरहेको छ । आज बुधबार नेप्से परिसूचक १६ दशमलव ४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ । कुल २७५ वटा कम्पनीको ५ अर्ब एक करोड ७८ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको