Like us!
Follow us!
Connect us!
Watch us!

सांसद आलेको व्यङ्ग्य– अर्थ मन्त्रलायमा तार काट्ने मुसा यस पटक पशुपति छिर्यो

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १२ : ४४ मा प्रकाशित

सांसद आलेको व्यङ्ग्य– अर्थ मन्त्रलायमा तार काट्ने मुसा यस पटक पशुपति छिर्यो

सांसद प्रेम आलेले गएको वर्ष अर्थ मन्त्रलायमा तार काट्ने मुसा यस पटक पशुपतिनाथमा छिरेको टिप्पणी गरेका छन् । आज (बिहीबार)को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

स्रसदमा बोल्दै आलेले भने, ‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ । पहिलोपटक २०७९ माघ १४ गते तार काटियो । परिषद् सदस्यको समितिमा छानबिन समिति गठन भयो । प्रतिवेदनले सत्यतथ्य पत्ता लगायो ।’ 

तर, तार काट्ने मुसालाई नसमातिएको उनको भनाइ छ । ‘तर, पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर छानबिन समितिका सदस्य देवी बराललाई समितिबाट हटाउने काम गरियो । प्रतिवेदन लुकाइयो । चोरलाई संरक्षण गरियो,’ आलेले भने।

उनले पशुपतिनाथको घ्याम्पे, दनापेटिका चोरी भएको पनि बताए । सांसद आलेले भने, ‘मूर्ति तथा बहुमल्य वस्तु चोरिएको छ ।’ पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्री मस्त निद्रामा रहेको उनको टिप्पणी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको