पछिल्लाे समय श्रीलंकाको सेयर बजार बुलिस यात्रामा देखिएकाे छ । थलिएकाे अर्थतन्त्र पुन: सुधारतर्फ लम्किरहँदा श्रीलंकन बजार बढिरहेकाे छ ।
याे समाचार तयार पार्दासम्म श्रीलंकाकाे बजार ९३०५.०९ विन्दुमा पुगेकाे छ । एक महिना अघिकाे तथ्याङ्क हेर्दा एक महिना अगाडि श्रीलंकाकाे बजार ८७८९.०३ (मे १८ तारिखका दिन) विन्दुमा थियाे । याे एक महिनाकाे अवधिमा बजार झण्डै एक हजार अंकले बढेर ९३०५.०९ काे विन्दुमा पुगेकाे हाे ।
जनवरी १८, २०२२ मा १३,४०० को विन्दु चुमेको श्रीलंकन बजारमा चरम आर्थिक संकट र राजनीतिक बिचलन सँगै तिव्र गिरावट आएको थियो । १३,४०० को विन्दुबाट खसेर बजार ६,८०० को विन्दुसम्म झरेको थियो । पछि फेरि बढेर १०१०२.७० विन्दुमा पुगेकाे थियाे । १० हजार नाघेपछि फेरि घटेर ७ हजारसम्म झरेकाे श्रीलंकन बजार अहिले फेरि बढेर ९ हजारकाे विन्दुमा पुगेकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस