Like us!
Follow us!
Connect us!
Watch us!

नबिक्ला भनिएको घोराही सिमेन्टको आईपीओमा १ दिनमै पर्यो माग भन्दा धेरै आवेदन

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, ११ : २८ मा प्रकाशित

नबिक्ला भनिएको घोराही सिमेन्टको आईपीओमा १ दिनमै पर्यो माग भन्दा धेरै आवेदन

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले हिजाे (जेठ ३२ गते, बिहीबार) देखि सर्वसाधारणको लागि प्रिमियममा आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गरेकाे हुनाले धेरै सर्वसाधारणले याे आईपीओ नबिक्ने अनुमान गरेका थिए  । तर पनि १ दिनमै कम्पनीकाे आईपीओमा माग भन्दा धेरै आवेदन परेकाे छ । 

सीडीएसकाे पछिल्लाे तथ्याङ्क अनुसार कम्पनीकाे आईपीओमा शुक्रबार बिहान १०:०६ बजेसम्म २ लाख २० हजार ७ सय ७६ जना लगानीकर्ताहरूले ३ अर्ब ३८ करोड १६ लाख ७२ हजार ६ सय रुपैयाँ बराबरकाे ७७ लाख ७३ हजार ९ सय ६० कित्ताका लागि आवेदन दिएका छन् । याे संख्या सर्वसाधारणका लागि माग गरिएकाे भन्दा धेरै हाे । कम्पनीले सर्वसाधारणका लागि जम्मा ६९ लाख कित्ता निष्कासन गरेकाेमा ७७ लाख कित्ताकाे लागि आवेदन परिसकेको छ । 

कम्पनीले १०० अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो । अर्थात्  ४३५ रुपैयाँको दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । कम्पनीकाे आईपीओ भर्न लगानीकर्ताहरूले कम्तिमा ४ हजार ३ सय ५० रूपैयाँ जम्मा गर्नुपर्नेछ । न्यूनतम भर्दा १० कित्ता भर्नुपर्ने हुन्छ । प्रतिकित्ता मूल्य ४३५ रूपैयाँ रहेकाे हुँदा १० कित्ता भर्न ४ हजार ३ सय ५० रूपैयाँ जम्मा गर्नुपर्नेछ । 

कहिलेसम्म दिने आवेदन ?

निष्कासन बन्द असार ४ गते हुनेछ ।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता
अधिकतम - १० लाख कित्ता

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

रेटिङ्ग 

 केयर रेटिङ नेपाल लिमिटेडबाट "CARE-NP BBB- (Is) (Tripple B Minus Issuer Rating ) " रेटिङ्ग प्राप्त गरेको छ। "CARE- NP BBB (Is) (Tripple B Minus Issuer Rating )" से कम्पनीको वित्तीय दायित्व बहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार "Moderate Degree of Safety Regarding Timely Servicing of Financial Obligations" रहेको जनाउँदछ । केयर रेटिङ नेपाल लिमिटेडले NP AAA (Is) देखि CARE- NP D (Is) सम्मको रेटिङ प्रदान गर्दछ जसमा ग्रेड "CARE-NP AAA (Is)" ले सकारात्मक आधार जनाउँछ भने "CARE-NP D (Is)" ले नकारात्मक आधारहरू जनाउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको