Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टको आईपीओ बाँडफाँड : तपाईँलाई कति कित्ता पर्यो ? यसरी हेर्नुस् रिजल्ट

अर्थ संसार

आइतबार, ३१ असार २०८०, १६ : ३५ मा प्रकाशित

घोराही सिमेन्टको आईपीओ बाँडफाँड : तपाईँलाई कति कित्ता पर्यो ? यसरी हेर्नुस् रिजल्ट

घोराही सिमेन्टले सर्वसाधारणहरूका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (असार ३१ गते, आइतबार) बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडद्वारा आज दिउँसो नक्सालस्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा सम्पन्न गरिएकाे थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल ५ लाख ८१ हजार ५ सय ४६ जना लगानीकर्ताहरूले १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ५ लाख ५७ हजार ७ सय १ जना लगानीकर्ताहरूकाे आवेदन मात्र योग्य रहेकाे थियाे । आवेदन दिएका सबै लगानीकर्ताहरूले आईपीओ पाएका छन् । लगानीकर्ताहरूले न्युनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् । 

कम्पनीका अनुसार १० कित्तादेखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना लगानीकर्ताहरूले माग गरे बमोजिम कै सेयर पाएका छन् । त्यस्तै ८० कित्तादेखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता सेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता सेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता सेयर पाएका ४ हजार ६ सय ५७ जनामध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले सेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्तासम्म सेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियाे। 

तपाईँलाई कति कित्ता पर्यो ? यसरी हेर्नुस् रिजल्ट 

कम्पनीको आईपीओकाे नतिजा ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । जस अनुसार बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/, बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्टको वेबसाइट https://nabilinvest.com.np/,  सिडीएससीको मेरो सेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  र सिडीएसले आईपीओको लागि सञ्चालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट नतिजा  हेर्न सकिन्छ ।

No description available.

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको