Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ निष्कासन गरेको भूगोल इनर्जी नोक्सानीमा, अन्य वित्तीय सूचक कस्ता छन् ?

अर्थ संसार

आइतबार, ०३ असार २०८०, १० : २८ मा प्रकाशित

भर्खरै आईपीओ निष्कासन गरेको भूगोल इनर्जी नोक्सानीमा, अन्य वित्तीय सूचक कस्ता छन् ?

भूगोल इनर्जी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनी घाटामा छ ।

नाफा/घाटा

यस अवधिसम्म कम्पनीले ६ करोड ४७ लाख १४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ८४ लाख ४९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  

विद्युत् बिक्रीबाट हुने आम्दानी

कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेकाे छ । साेही कारण पनि घाटा झन् बढेकाे हाे । गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ३ करोड ३७ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियाे । यस वर्ष भने जम्मा २ करोड ३४ लाख २५ हजार रुपैयाँ आम्दानी गरेकाे छ ।

चुक्ता पूँजी

चैत्र मसान्तसम्म आइपुग्दा यस कम्पनीको चुक्ता पूँजी ३८ करोड ८ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

जगेडा काेष

कम्पनीकाे जगेडा कोष २७ करोड २३ लाख ३१ हजार रुपैयाँ ऋणात्मक छ ।

प्रतिसेयर आम्दानी

कम्पनीकाे प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ १८ पैसा ऋणात्मक छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ २१ पैसा छ । 

कम्पनीले सर्वसाधारणका लागि चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले जारी पूँजीको ३० प्रतिशत दरको १६ लाख ३२ हजार १६० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको