हालै आएको बाढीले भौतिक संरचना क्षतिग्रस्त भएपछि मेन्छियाम हाइड्रोपावरको विद्युत उत्पादन र आपूर्ति बन्द भएको छ। हाईड्रोपावरले संखुवासभा जिल्लाको पिलुवाखोलामा निर्माण गरी राष्ट्रिय प्रशारण लाईनमा जोडेर सञ्चालनमा ल्याएको माथिल्लो पिलुवाखोला २ जलविद्युत आयोजना (४.७२ मे.वा) पुर्ण क्षमतामा सञ्चालनमा रही आएको छ ।
असार २ गते शनिबार पूर्वी पहाडी क्षेत्रमा परेको अबिरल वर्षाका कारण पिलुवाखोलामा आएको भिषण बाढीले यस जलविद्युत आयोजनाको मुख्य संरचनाहरु पावरहाउस, हेडवक्र्स, स्वीचयार्ड, ट्रान्सफरमर, अप्रोच क्यानल, टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, डिजी जेनेरेटर सेट लगायतका महत्वपुर्ण सबै संरचनाहरु बगाउँने, भत्काउँने, तथा ठूला ठूला ढुङ्गाहरुले लागी क्षतबिक्षत भएको र पुर्ण रुपमा क्षती भएको अवस्था छ ।
तहसनहस भएका सम्पुर्ण संरचनाहरुको पुर्ननिर्माण नहुन्जेलसम्म विद्युत उत्पादन र आपुर्तिको कार्य हुन नसक्ने जानकारी गराइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस