Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन भेन्चर्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

विहीबार, ०७ असार २०८०, ११ : ३६ मा प्रकाशित

ग्रीन भेन्चर्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

ग्रीन भेन्चर्स लिमिटेडले चौथो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले सभा यहि असार २९ गते काठमाडौाको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा विहान ११ बजेदेखि सुरु गरि डाकेको हो ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । साथै, सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक समितिको निर्वाचन गर्नेछ । सभाले १ जना स्वतन्त्र सञ्चालक नियुक्ति पनि गर्नेछ ।

सञ्चालकको कार्यकाल ४ वर्षको राख्नका लागि नियमावलीका नियमहरुमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको