Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषलाई २६.३१६ प्रतिशत लाभांश वितरण गर्न अर्थ मन्त्रालयले दियो स्वीकृति

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १२ : ३४ मा प्रकाशित

नागरिक लगानी कोषलाई २६.३१६ प्रतिशत लाभांश वितरण गर्न अर्थ मन्त्रालयले दियो स्वीकृति

नागरिक लगानी कोषलाई २६.३१६ प्रशितल लाभांश वितरण गर्न अर्थमन्त्रालयले स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँगै अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनार्थ १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका हुन् ।

कोषको सञ्चालक समितिको बैशाख २९ गतेको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको थियो । सो प्रस्ताव अर्थमन्त्रालयमा पठाएकोमा मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार पु¥याउन स्वीकृति दिएसँगै अब कोषको वार्षिक साधारण सभा बस्ने बाटो खुलेको छ ।

चैत मसान्तसम्म कम्पनीको चुक्तापुँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको