Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको संस्थापक सेयर सर्वसाधारणमा जारी

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, १० : ४७ मा प्रकाशित

नागरिक लगानी कोषको संस्थापक सेयर सर्वसाधारणमा जारी

नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक सेयर चैत २४ गतेदेखि सर्वसाधारणमा जारी भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त सेयर प्रतिकित्ता ७१० रूपैयाँ मूल्य तोकेर बिक्रीमा आएको हो । 

उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

कम्पनीले आगामी चैत ३० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । उक्त सेयर खरीदका लागि आवेदन फारम पाईने र बुझाउने स्थान एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत रहेको छ । 

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा माथी १०० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । उक्त सेयर खरीदकर्ताले कम्पनीद्वारा चैत २४ गतेपछि प्रस्ताव हुने हकप्रद सेयर, बोनस सेयर तथा लाभांश प्राप्त गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको