Like us!
Follow us!
Connect us!
Watch us!

पेन्सन कोष योजनामा योगदान रकम सङ्कलन गर्न नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

अर्थ संसार

आइतबार, ०३ असार २०८०, १७ : ५२ मा प्रकाशित

पेन्सन कोष योजनामा योगदान रकम सङ्कलन गर्न नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकलाई आबद्ध गराइ रकम सङ्कलन गर्न सहयोग पु¥याउने कोषले जनाएको छ ।

योसँगै आर्थिक वर्ष २०८०–८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकाले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको