Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

आइतबार, १० असार २०८०, १० : ५० मा प्रकाशित

लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

नागरिक लगानी कोष (सीआइटी)ले २८ औं वार्षिक साधारण सभा गर्ने भएको छ । सीआइटीले असार ३१ गतेका लागि सभा गर्ने भएको हो । सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने सीआइटीले जनाएको छ । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गर्ने भएको छ । असार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको