नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।
कोषको आज बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको कुल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नेपाल सरकार,अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
यसअघि कोषले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस