Like us!
Follow us!
Connect us!
Watch us!

आइएफसीले भन्यो– सेयर बजार बाहिरका कम्पनीले ‘ऋणपत्र’ जारी गर्न नपाउँदा बजारको विकास भएन

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १६ : २५ मा प्रकाशित

आइएफसीले भन्यो– सेयर बजार बाहिरका कम्पनीले ‘ऋणपत्र’ जारी गर्न नपाउँदा बजारको विकास भएन

विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण नभएका कम्पनीहरूले ‘ऋणपत्र’ जारी गर्न सक्ने व्यबस्था नहुँदा बजारको विकास नभएको बताएको छ। आइएफसीले आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयबारे जानकारी दिएको हो । 

‘सूचीकृत नभएका कम्पनीहरूलाई ऋणपत्र निष्कासनमा लगाइएको रोक र प्राथमिकता प्राप्त क्षेत्रबाट ऊर्जा कम्पनीहरूको ऋणपत्रमा लगानीको लागि पर्याप्त प्रावधान नहुँदा सेयर बजार विकास हुन सकेको छैन,’ आइएफसीले प्रेस विज्ञप्तिमा भनेको छ। 

हालै धितोपत्र बोर्ड र अन्तर्राष्ट्रिय वित्त निगमको संयुक्त पहलमा नेपालको ऋणपत्रको बजारबारे अध्ययन भएको छ। सो अध्ययनले नेपालको दिगो आर्थिक विकासको लक्ष्य प्राप्तिको लागि आवश्यक वित्तीय स्रोत जुटाउन ऋणपत्र बजारको विस्तार गर्नुपर्ने उल्लेख गरेको छ।

कम विकसित मुलुकबाट स्तरोन्नतिको लागि र सन् २०४५ सम्ममा कार्वन उत्सर्जन शून्य बनाउने नेपालको योजनाको लागि ऋणपत्र बजारको विकास आवश्यक रहेको निगमले बताएको छ। नेपालको सेयर बजारको आकार यहाँको कुल गार्हस्थ उत्पादनको ६९.४ प्रतिशत बराबर भएपनि ऋणपत्र बजार भने विस्तार नभएको निगमले बताएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको