Like us!
Follow us!
Connect us!
Watch us!

७४ किलो पाँच औले बरामद

बुधबार, ०१ कार्तिक २०७४, १९ : ३५ मा प्रकाशित

७४ किलो पाँच औले बरामद

अर्थ संसार, गोरखा– गोरखाको आरूघाट गाउँपालिका–३ को सोति खोला सिमरा भन्ने ठाँउबाट इलाका प्रहरी कार्यलय आरूघाटले करिब ७४ किलो बराबरको  प्रतिबन्धित जडीबुटी पाँच औले बरामद गरेको छ ।

आइतबार साँझ ७ बजेतिर सोतिबजारबाट आरूघाट तर्फ आँउदै गरेको ध १ ख १८९ नम्बरको बसबाट करिब ८ बोरा पाँचऔलो ल्याउदै गरेको बेला प्रहरीले सो परिमाणको प्रतिबन्धित जडीबुटी पाँच औले बरामद गरेको हो ।

पक्राउ पर्नेमा गोरखा जिल्ला आरूघाट गाउँपालिका–९ का कमल गुरूङ र बसका चालक आरघाट गाउँपालिका वडा न १० का सुम बाहादुर मगरलार्इ थप अनुसन्धानका लागि इलाका वन कार्यलय आरूघाटबाट जिल्ला वन कार्यलय गोरखामा पठाइएको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी उपरिक्षक (एसपि) प्रकाश अधिकारिका अनुसार इलाका प्रहरी कार्यलय आरूघाट प्रहरी र गस्ति टोलि बिच जम्का भेट भएका बेला साँझ पख एक सवारी साधन आएकाले रोकि सोध खोज गर्दा प्रतिबन्धित जडीबुटी पाँच औले रहेको थाहा पाएपछि थप अनुसन्धानका लागि उनीहरलाइ नियन्त्रणमा लिइएको थियौ, उनले भने ।

जिल्ला वन कार्यलय गोरखाका प्रमुख जिवनाथ  पौडेलका अनुसार २०७२ साल कार्तिक १७ को राजप्रत्रमा प्रकाशित  सुचना अनुसार पाँचऔँलेको वापत रोयल्टी पेतिगोटा एक हजार पर्ने उनले बताए । थप अनुसन्धानका लागि जिल्ला वन कार्यलयमा आएपछि थाहा हुन्छ, उनले भने ।

बरामद जडीबुटी इलाका इलाका कार्यालय आरूघाटको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय आरूघाटले जनाएको छ । सङ्कलन बिक्री वितरण र निकासीमा प्रतिबन्ध लगाइएको जडीबुटी पाँच औँले प्रतिगोटा  ४ हजार बढी मूल्य पर्ने वन कार्यालय गोरखाले जनाएको छ । बरामद जडीबुटीको बजार मूल्य २ करोड ९६ लाख भन्दा बढी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको