Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी स्मल हाइडोपावरको आइपीओ बाँडफाँड

अर्थ संसार

बुधबार, १३ असार २०८०, ११ : ०३ मा प्रकाशित

कुथेली बुखरी स्मल हाइडोपावरको आइपीओ बाँडफाँड

आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिका लागि जारी गरिएको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। हिजो (मंगलबार) बिक्री प्रबन्धक एनएमबि क्यापिटलले उक्त आइपीओ बाँडफाँड गरेको हो। 

उक्त कम्पनीले गत जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार १ गतेसम्म र स्थानीयका लागि असार ५ गतेसम्म आवेदन दिने पाउने व्यवस्था गरिएको थियो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पनि जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १ लाख २१ हजार ८ सय ६८ कित्ता आइपीओ जारी गरेको थियो। विदेशमा रहेका नेपाली श्रमिकका लागि भने १२ हजार १ सय ८६ कित्ता बिक्री खुला गरिएको थियो। 

स्थानीयको हकमा १० कित्तादेखि ३५० कित्तासम्म आवेदन दिने सबैलाई मागबमोजिम सेयर दिइएको एनएमबि क्यापिटलले जनाएको छ। तसर्थ ६८ हजार ८ सय ३० कित्ता वितरण गरिएको हो। 

यसैगरी स्थानीयकै हकमा ४०० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने १ सय ४० जनालाई ३ सय ७० कित्ताका दरले ५१ हजार ८ सय कित्ता, ४ सय कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने १० जनालाई १ हजार २ सय ३० कित्ता र ४ सय कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने ८ जनालाई १ कित्ताका दरले ८ कित्ता बाँडफाँड गरिएको छ। 

त्यस्तै विदेशमा रहेका नेपाली श्रमिकका हकमा भने गोलाप्रथाबाट १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने १ हजार कित्तासम्म आवेदन दिने २१८ जनालाई १० कित्ताका दरले १२ हजार १८० कित्ता र २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने ६ जनालाई १ कित्ताका दरले ६ कित्ता सेयर बाँडफाँड गरिएको एनएमिब क्यापिटलले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको