सिङ्गटी हाइड्रो इनर्जि लिमिटेडको १२ र १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (बुधबार) सम्पन्न साधारण सभाले संस्थापक सेयरधनीबाट ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक चयन गरेको हो ।
सभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट सुदिप खड्का, रजनि थापा, सुदिप राज गौतम र विजि ग्रुप प्रा.लीको प्रतिनिधि सुनिल केसी र सर्व साधारण सेयरधनीबाट दल बहादुर विष्ट र श्याम प्रसाद खतिवडा निर्वचित भएका हुन् । यस्तै आजै बसेको सञ्चालक समितिको बैठकले सुदिप खड्कालाई सर्वसम्मत रुपमा प्रवन्ध सञ्चालकमा चयन गरेको छ ।
नव निर्वाचित सञ्चालकहरुको कार्यकाल ४ वर्षको लागि हुनेछ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड (२५ मेगावाट)नेपालको सुपर सिक्स आयोजना मध्येको एक हो । यस हाइड्रो आयोजना दुई बर्षअघि निर्माण सम्पन्न भई निरन्तर बिद्युत उत्पादन गरिरहेको छ। जलप्रवाहमा आधारित यस आयोजनाबाट २५ मेगावाट क्षमताको विधुत उत्पादन गर्दछ। आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस