घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । विद्युत नियमन आयोगले १ः२ को अनुपातमा हकप्रद सेयर जारी गर्न कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनीले १ः२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ५५ करोड रहेको छ भने २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड पुग्ने अनुमान गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस