नासा सेक्यूरिटिज कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा पोखरामा पनि विस्तार गरेको छ। कम्पनीले आज शुक्रबारदेखि पोखरा ८, न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
एक समारोहकाबीच उक्त शाखा कार्यालयको समुद्घाटन, नासा सेक्यूरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले गरेका हुन् ।
उक्त समारोहमा पोखरा शाखाका शाखा प्रबन्धक सागर सेढाईंले अन्य स्थानहरुमा जस्तै पोखरामा पनि राम्रो सेवा दिने बताए । उनले सो शाखा कार्यालयमार्फत् धितोपत्र खरिदबिक्री, डिपी सेवा तथा मार्जिन ट्रेडिङ्गको सेवा प्रदान गर्ने जानकारी पनि दिए ।
यसअघि नासाले काठमाडौँको नक्सालस्थित् प्रमुख कार्यालय तथा विरगञ्ज र जनकपुर शाखा कार्यालयबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस