Like us!
Follow us!
Connect us!
Watch us!

देशभरका अदालतका कर्मचारीद्वारा दिउँसो साढे १ बजेसम्म अदालती कारबाही नगर्ने भन्दै गरे ‘पेन डाउन’

अर्थ संसार

आइतबार, १७ असार २०८०, ११ : ५८ मा प्रकाशित

देशभरका अदालतका कर्मचारीद्वारा दिउँसो साढे १ बजेसम्म अदालती कारबाही नगर्ने भन्दै गरे ‘पेन डाउन’

ललितपुर जिल्ला अदालतका नासु प्रेमिका तामाङमाथि भएको हातपातविरुद्ध देशभरका अदालतका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेकोविरुद्ध देशभरका अदालतका कर्मचारीहरूले आन्दोलन गरेका हुन् ।

देशभरका अदालतका कर्मचारीहरूले आइतबार ‘पेन डाउन’ गर्दै तामाङमाथि भएको घटनाविरुद्ध खेद जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । आइतबार दिउँसो साढे १ बजेसम्म अदालती कारबाही नगर्ने भन्दै पेन डाउनको घोषणा गरेका हुन् । 

गत बुधबार अदालतको कार्यालयभित्रै लामिछानेले तामाङमाथि हातपात गरेका थिए । बुधबार अपराह्न साढे ४ बजेतिर लामिछानेले आफैँ अदालतका कागजातहरू पल्टाएर हेर्न थालेकोमा आफूले भिडभाड भएकाले अहिले नहेर्न भनेको तर उनले उल्टै दुव्र्यवहार गरेको निवेदनमा उल्लेख छ । लामिछानेले हातपात गर्दा आफ्नो मुख र पाखुरामा चोट लागेको तथा सर्टसमेत च्यातिदिएको तामाङको दाबी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको