Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तका सीईओ लम्सालले दिए राजीनामा, घिमिरेलाई कामुको जिम्मेवारी

अर्थ संसार

शुक्रबार, ०१ जेठ २०८३, १० : ११ मा प्रकाशित

विजय लघुवित्तका सीईओ लम्सालले दिए राजीनामा, घिमिरेलाई कामुको जिम्मेवारी

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले राजीनामा दिएका छन् । लम्सालले वैशाख २८ गते राजीनामा बुझाएका हुन् । 

कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिले जेठ ८ गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गर्ने गरिसकेको छ । साथै सोही बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि संस्थाको दैनिक क्रियाकलाप सञ्चालन गर्न कम्पनीको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सरोज घिमिरेलाई तोकिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको