Like us!
Follow us!
Connect us!
Watch us!

२५८४ को विन्दुमा नपुगी बजारले थकाइ मार्दैन्ः विश्लेषक भट्टराई

अर्थ संसार

आइतबार, १७ असार २०८०, १४ : ४० मा प्रकाशित

विश्लेषक सुवास चन्द्र भट्टराईले बजारले २५८४ को विन्दुमा नपुगी थकाइ नमार्ने बताएका छन् । अर्थ संसारको कार्यक्रम सेयर गफमा बोल्दै उनले बजार अपनडाउन भएकाले कहिलेकाहीँ ओरालो लाग्नसक्ने तर माथिकै यात्रामा जाने बजार २५८४ को विन्दुमा पुगेर रोक्किने बताएका हुन् । 

बजार बढ्दै गर्दा २५८४ को विन्दुमा पुगेर रोक्किने र उक्त विन्दुबाट माथि जान सक्ने करेक्सन पनि हुनसक्ने उनको विश्लेषण छ । सेयर विश्लेषक भट्टराईले बजारले ३२०० को बुलिस तोड्ने समेत प्रष्ट्याएका छन् । दुई वर्षभित्र बजारले अर्काे रुप देखाउने उनको भनाई छ । उनले आफुले बजार २६०० हुँदा कम्पनी किनाएको र किनेकाहरु नाफामै रहेको स्पष्ट पारे । 

उनले भने, ‘मैले २६०० मा छिराएकाहरुलाई नेप्से नभई कम्पनी किनाएकाले किनेकाहरु नाफामै छन् । बजारले बुलिस कन्फर्म ३२०० तोड्छ । दुई वर्षभित्र बजारले अर्काे रुप देखाउँछ । त्यसको लागि धर्य गर्नुपर्छ । बजारमा हामीले कमाएको भनेको धर्यताले हो । बजार अपनडाउन भएकाले कहिलेकँही ओरालो लाग्नसक्छ । तर, बजार जाने माथि नै हो । बजार माथि जाँदाको एउटा ठुलो बेसक्याम्प भनेको बजार कुनै न कुनै बेलामा माथि जाँदा २५८४ मा बास बस्छ ।’


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको