Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ असार १९ गतेदेखि निष्कासन हुने, कति कित्ता भर्न पाउने?

अर्थ संसार

आइतबार, १७ असार २०८०, १४ : ५७ मा प्रकाशित

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ असार १९ गतेदेखि निष्कासन हुने, कति कित्ता भर्न पाउने?

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि असार १९ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो । अंकित मुल्य १ सयमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्ने कम्पनीले जनाएको छ । 

सो आइपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् भने बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्ने जनाइएको छ ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारीमा गए नेपालीहरुका लागि निष्कासन हुनेछ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले २ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

स्थानीय बसिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा साउन २ गते र सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख २५ गतेभित्र आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको