Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीले तय गर्यो हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति

अर्थ संसार

आइतबार, १७ असार २०८०, १६ : ५८ मा प्रकाशित

अरुण काबेलीले तय गर्यो हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति

अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीको सञ्चालक समितिको आज (आइतबार) बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो। 

कम्पनीले यही असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असार २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्। 

नेपाल धितोपत्र बोर्डले गत असार १३ गते अरुण काबेलीलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो। 

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको