Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान विकास र आरएमडीसी लघुवित्तको सेयर कारोबार १५ दिन रोक्का रहने

अर्थ संसार

सोमबार, १८ असार २०८०, ११ : २९ मा प्रकाशित

साना किसान विकास र आरएमडीसी लघुवित्तको सेयर कारोबार १५ दिन रोक्का रहने

साना किसान विकास र आरएमडीसी लघुवित्तको सेयर कारोबार १५ दिन रोक्का रहने भएको छ । दुबै संस्थाहरु मर्ज भई यही असार २४ गतेदेखि एकीकृत कारोबारको गर्ने भएकोले एकीकृत कारोबारको मितिले १५ दिन सेयर कारोबार रोक्का रहने भएको हो ।

कम्पनीहरुले सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्र अभौतिकरण तथा सूचीकरण प्रयोजनार्थ एकीकृत कारोबारको मितिले १५ दिन सेयर कारोबार रोक्का रहने संस्थाले जनाएको छ । कम्पनीको यही असार १७ गते साझ बसेको संयुक्त मर्जर समितिको निर्णयले सेयर कारोबार रोक्का हुने भएको हो ।

यी दुई लघुवित्तबीच गत भदौ २ गते सम्झौता भएको हो । दुवै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् ।

मर्जरपश्चात कम्पनीले ‘साना किसान विकास लघुवित्त’को नामबाट एकीकृत कारोबार गर्ने भएको छ । मर्जपछि बन्ने संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको