Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान र आरएमडीसी लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १७ : १८ मा प्रकाशित

साना किसान र आरएमडीसी लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।

यी दुई संस्थाबीच एकआपसमा मर्ज हुने विषयमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको जेठ २४ गतेको पत्रबाट स्वीकृति भएको संस्थाले जनाएको हो ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएपश्चात् धितोपत्र सूचीकृत भएका कम्पनीलाई अब नेपाल धितोपत्र बोर्डले धितोपत्र नियमावली बमोजिम स्वीकृति प्रदान गरेपछि कम्पनी रजिष्टार्डको कार्यालयले अन्तिम स्वीकृति प्रदान गरेपछि यी दुई संस्थाले एकीकृत कारोबार सुरु गर्नेछ ।

यी दुई संस्थाबीच १००ः८७ अनुपातमा मर्ज हुने सहमति भएको छ । जसअनुसार साना किसानको सेयरको हिस्सा १०० रहेको छ भने आरएमडीसीको ८७ रहेको छ । 

आरएमडीसीको चुक्तापुँजी १ अर्ब २४ करोड र साना किसानको १ अर्ब ५६ करोड चुक्तापुँजी रहेकोमा एकीकृत संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको