ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले आउँदो वार्षिक साधारण सभामा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । सभाबाट पारित भएर नियामक निकायहरुको स्वीकृतिपछि मात्र सेयर जारी हुनेछ ।
कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ ।
अहिलले उक्त हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २०० रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस