Like us!
Follow us!
Connect us!
Watch us!

२८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम मौका आज

अर्थ संसार

बुधबार, १३ जेठ २०८३, ०७ : ०८ मा प्रकाशित

२८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम मौका आज

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशनमा आवेदन दिने अवधि आज जेठ १३ गते समाप्त हुँदैछ। कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो।

यस निष्काशनमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको सार्वजनिक निष्काशन व्यवस्थापनको जिम्मेवारी सानिमा क्यापिटलले सम्हालेको छ। इच्छुक लगानीकर्ताले तोकिएको अवधिभित्र स्वीकृत माध्यममार्फत आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले गत फागुन २५ गते कालंगा हाइड्रोलाई आईपीओ निष्काशनको स्वीकृति प्रदान गरेको थियो।

कालंगा हाइड्रोले बझाङ जिल्लामा १५ दशमलव ३३ मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको