Like us!
Follow us!
Connect us!
Watch us!

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, ०७ : २५ मा प्रकाशित

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक सेयरमा आवेदन दिने समय आज वैशाख २८ गते सकिँदैछ। कम्पनीले वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि कुल २५ लाख १५ हजार ४ सय ५५ कित्ता सेयर बिक्री खुला गरेको थियो।

यो निष्काशनमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिन चाहनेले आज बैंकिङ समयभित्र आफ्नो आवेदन प्रक्रिया पूरा गरिसक्नुपर्नेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले सम्हालेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन १ गते प्राथमिक सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको थियो। सोही स्वीकृतिपछि कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।

टक्सार पिखुवा खोला हाइड्रोपावरले भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ वैशाख १ गतेदेखि व्यापारिक विद्युत उत्पादन सुरु गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको