याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक सेयरमा आवेदन दिने आज वैशाख २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले कुल १७ लाख ४३ हजार कित्ता प्राथमिक सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
यस निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले सम्हालेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन १७ गते प्राथमिक सेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको थियो ।
याम्बालिङ्ग हाइड्रोपावरले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० फागुन ८ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस