Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम पेन्ट्सले खुलाएको आईपीओमा आजसम्म आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, २४ बैशाख २०८३, ०७ : ०९ मा प्रकाशित

सर्वोत्तम पेन्ट्सले खुलाएको आईपीओमा आजसम्म आवेदन दिन सकिने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि खुला गरेको प्राथमिक निष्काशनमा आवेदन दिने समय आज समाप्त हुँदैछ। कम्पनीले वैशाख २१ गतेदेखि विदेशमा कार्यरत नेपालीका लागि प्राथमिक सेयर बिक्री खुला गरेको थियो।

कम्पनीले यस चरणअन्तर्गत ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया आज बैंकिङ समयभित्र पूरा गरिसक्नुपर्नेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन प्रक्रिया अघि बढाएको हो। सोही कुल निष्काशनमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टै हिस्सा सुरक्षित गरिएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको