Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार बढ्यो सुनचाँदीको मूल्य, कति रुपैयाँमा हुँदै छ कारोबार ?

अर्थ संसार

मंगलबार, १९ असार २०८०, ११ : ३५ मा प्रकाशित

मंगलबार बढ्यो सुनचाँदीको मूल्य, कति रुपैयाँमा हुँदै छ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको