धौलागिरी र खप्तड लघुवित्त एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ । यी दुई कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति दिए पश्चत् आज (बुधार, असार २० गते)बाट एकीकृत कारोबार सुरु भएको हो ।
दुवै कम्पनीको गत चैत ६ गते सम्पन्न विशेष साधारण सभाले पनि मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका हुन् । यी दुई संस्थाबीच गाभ्ने गाभिने मर्जरसम्बन्धी समझदारी पत्रमा गत मंसिर १८ मा हस्ताक्षर भएको थियो भने १७ पुसमा नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको थियो । हाल खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेको छ । दुवै मर्ज पश्चात् भएपछि धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबारसुरु भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस