Like us!
Follow us!
Connect us!
Watch us!

एक लघुवित्तको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको खातामा जम्मा

अर्थ संसार

बुधबार, २० असार २०८०, ११ : ०३ मा प्रकाशित

एक लघुवित्तको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको खातामा जम्मा

एक लघुवित्तको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको खातामा पठाइएको छ । जनउत्थान सामुदायिक लघुवित्तको चैत २६ गते सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत सम्बन्धित सेयरधनिको खातामा पठाएको हो।

लघुवित्तद्वारा जारी सूचनामा लेखिएको छ, ‘बोनस दिने प्रस्ताव पारित भए बमोजिम शेयरधनीहरुलाई वितरण –प्रदान गर्ने सन्दर्भमा उक्त बाह्रौं वार्षिक साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गर्नुभएका सेयरधनीहरुको बोनस सेयर मिति २०८०–०३–१७ गते देखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरि सकिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ । साथै, भौतिक रुपमा शेयर धारण गर्नुभएका सेयरधनीहरुले यस संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वतः शेयरधनीहरुको खातामा जम्मा गरिने व्यहोरा जानकारी गराउँदै भौतिक रुपमा सेयर धारण गर्नुभएका सेयरधनीहरुलाई आफ्नो सेयर अभौतिकीकरण गराउनुहुन समेत यसै सूचना माफर्त अनुरोध गर्दछौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको