Like us!
Follow us!
Connect us!
Watch us!

सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा पुनरावलोकन गर्न निजी क्षेत्रको माग

अर्थ संसार

विहीबार, २१ असार २०८०, १७ : ०४ मा प्रकाशित

निजी क्षेत्रले सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा पुनरावलोकन गर्ने नेपाल राष्ट्र बैंकसँग माग गरेका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेका आ.व. २०८०–८१ को मौद्रिक नीतिमा सुझाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रले यस्तो माग गरेका हुन् ।

ऋणीको क्षमता हेरी बैंकले लगानी गर्न सक्ने व्यवस्था गरिनुपर्ने निजी क्षेत्रको माग रहेको छ । साथै, निजी क्षेत्रले जोखिम भार १५० प्रतिशतलाई पुनरावलोकन गरी १०० प्रतिशतमात्र व्यवस्था हुनुपर्ने माग राष्ट्र बैंक समक्ष राखेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको