Like us!
Follow us!
Connect us!
Watch us!

अपडेट हेलिकोप्टर दुर्घटना– मृतक सबैको शव फेला

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १३ : ४४ मा प्रकाशित

अपडेट हेलिकोप्टर दुर्घटना– मृतक सबैको शव फेला

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९–एनए एमभी कलसाइन भएको मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ६ जनाकै शव फेला परेको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरमा सवार ६ जनाकै शव फेला परेको त्यहाँका स्थानिय प्रहरीले जनाएको हो ।

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो ।

अहिले प्राप्त भएका शवहरु संकलन गर्ने काम भइरहेको जनाइएको छ। हेलिकोप्टरमा एक जना चालक र पाँच जना म्याक्सिकन नागरिक सवार थिए । उक्त हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए । हेलिकोप्टरमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार रहेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको