Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ३ अंकले घट्दा १ अर्ब १९ कारोडको कारोबार

बुधबार, ०१ मंसिर २०७३, १६ : १७ मा प्रकाशित

नेप्से ३ अंकले घट्दा १ अर्ब १९ कारोडको कारोबार

अर्थ संसार 
काठमाडौं – मंगलबारदेखि ओरालो लगेको सेयर बजार बुधबार पनि रातै भएको छ । नेप्से परिसूचक ३.०१ अंकले घटेको छ । बजार १,६९८.९० को अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबारको सेयर बजारमा बैंकिङ् समूह, ५.६१, विकास बैंक १३.६९, जलविद्युत समूह २३. ९४ अंकले घटेका छन् ।

यता होटल समूह ४२.६८, फाइनान्स समूह १.३१, इन्सुरेन्स समूह ६२.५८ र अन्य भने १.१६ अंकले बढेका छन् । आज सर्वाधिक कमाउनेमा सिर्जना फाइनान्स वित्तिय सस्थाका लगानीकर्ता रहेका छन् । सिर्जनाको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ । उता आईएलएफसिओ माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु भने निराश हुनु परेको छ । यसको मूल्य ९.०९ प्रतिशतले घटेको छ । 

१ सय ३४ कम्पनीको १० लाख ७ सय २७ कित्ता सेयर खरिद बिक्री भएको छ । यस दिन १ अर्ब १९ करोड ५४ लाख ७८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको