Like us!
Follow us!
Connect us!
Watch us!

धादिङको धुनेवेसीमा तीन वटा पसलबाट ६ लाख चोरी

बुधबार, ०८ कार्तिक २०७४, ०९ : १९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– गए राती धुनेवेसी नगरपालीकाका विभिन्न स्थानमा संचालित पसलहरुबाट ६ लाख बराबरको चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धुनेवसी नगरपालीका वडा नं. ६ चालिसेमा संचालित रिमा बानियको खुद्रा पसलबाट २५ हजार नगद र ५ हजार बराबरको पिय पदार्थ,  लालबाबु बोगटीको कुशल जर्नल स्टोर किसानबाट नगद ५ लाख र धुनेवेसी नगरपालिका वडा नम्वर ७ मा संचालित स्याम कृष्ण सुवेदी किराना स्टोरबाट १७ हजार बराबरको रिजार्ड कार्ड र नगद ८ हजार ७ सय रुपैयाँ चोरी भएको छ । चोरी गर्ने व्यक्तिहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको