रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज (आइतबार) स्मार्ट व्याङ्कवेट धुम्बाराहीमा सभा सम्पन्न भएको हो । सभामा कम्पनीका अध्यक्ष कुश प्रसाद मल्लीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएको छ ।
साथै, सभाले ६.५० प्रतिशत बोनस पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७८–७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।
साथै, सभाले संस्थाको संचालक समितिबाट सिफारीस भई नेपाल राष्ट्र बैंकबाट स्विकृत गरे बमोजिम आ.ब.२०७८–०७९ मा भएको मुनाफाबाट कुल चुक्ता पूँजी रु १,०५,३०,०६,३१९ (अक्षरेपी एक अर्ब पाँच करोड तिस लाख छ हजार तिन सय उन्नाईस) को ६.५० प्रतिशतका दरले हुने रु.६,८४,४५, ४११ (अक्षरेपी छ करोड चौरासी लाख पैतालिस हजार चार सय एघार मात्र) बराबरको बोनस सेयर वितरण गरिने हुँदा सोको कर प्रयोजनार्थ नगद लाभांश चुक्ता पूंजीको ०.३४ प्रतिशतले हुने रु.३६,०२,३९० (अक्षरेपी छत्तिस लाख दुई हजार तिन सय नब्बे मात्र) नगद लाभाश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले संञ्चालक समितिमा संस्थापकको तर्फ बाट प्रतिनिधित्व गर्ने सञ्चालक संख्या ३ जना र सर्वसाधारण सेयरधनीहरुको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक संख्या ३ जनाको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।।
त्यस्तै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७९–८० को लेखापरीक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षकको नियुक्ति गरेको छ भने निजको पारिश्रमिक निर्धारण गरेको छ ।
सभामा सेयरधनीहरुले कम्पनीको प्रगतिको तारिफ समेत गरेको थियो । अगामी आर्थिक वर्षमा दोहोरो अंकमा लाभांश ल्याउन कम्पनीलाई सेयर धनीहरुले आग्रह गरेका छन् । साथै सेयरधनीहरुले एनपीएल (खराब कर्जा) घटाएर इपीएस बढाउन कम्पनीलाई सुझाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस