Like us!
Follow us!
Connect us!
Watch us!

‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३’का इकाइहरु नेप्सेमा सूचीकृत, सोमबारबाट कारोबारमा आउने

अर्थ संसार

आइतबार, ३१ असार २०८०, १३ : २० मा प्रकाशित

‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३’का इकाइहरु नेप्सेमा सूचीकृत, सोमबारबाट कारोबारमा आउने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ क्यापिटलको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३’का इकाइहरु सूचीकृत भएको छ। आज ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३’का इकाइहरु सूचीकृत भएसँग भोलि (सोमबार)बाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका हुन्। 

उक्त योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड ५ लाख ८० हजार इकाइ सूचीकृत भएका छन्। नेप्सेले उक्त योजनालाई ‘एसआईजीएस३’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। उक्त योजनाको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक र योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल रहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको