Like us!
Follow us!
Connect us!
Watch us!

डोनाल्ड लुको नेपाल भ्रमणले अगाडी बढ्ने भयो एमसीसी परियोजना, बिआरआई अझ अलपत्र

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १४ : १९ मा प्रकाशित

डोनाल्ड लुको नेपाल भ्रमणले अगाडी बढ्ने भयो एमसीसी परियोजना, बिआरआई अझ अलपत्र

५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकी परियोजनाको काम साउनको अन्तिम सातादेखि वा भदौको पहिलो साताबाट सुरु हुने भएको छ । हालै नेपाल भ्रमणमा आएर फर्किएका अमेरिकी सहायक विदेशमन्त्री तथा दक्षिण एसियाली मामिलाका प्रमुख डोनाल्ड लुले गत शनिबार उक्त विषयमा जानकारी दिएका थिए।

डोनाल्ड लुले एमसीसी परियोजना कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विदेश मन्त्री एनपी आउद, नेपाली कांग्रेसका सभापति शेर बहादूर देउवा र विपक्षी नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीसँग शुक्रबार भेटवार्ता गरेका थिए ।

विदेश मन्त्री साउदले यसै साता संसदलाई एमसीसी परियोजना अगस्टबाट अगाडि बढ्ने जानकारी पनि दिएका थिए । यससँगै उनले चीनको महत्वाकांक्षी बिआरआई परियोजनालाई अगाडि बढाउने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारे ।

एमसीसी परियोजनामार्फत अमेरिकाले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा लगानी गर्नेछ । एमसीसी परियोजना नेपालको संसदबाट पारित गराउन सरकारलाई निकै कठिनाइ भएको थियो । निकै कठिनाइ पछि सो व्यवस्था जनवरीमा पारित भएको थियो । उक्त विषयमा व्यापक विरोध र प्रदर्शन भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको