Like us!
Follow us!
Connect us!
Watch us!

सिनामंगलमा राखिएको शंकास्पद वस्तुमा भेटिएन विष्फोटक पदार्थ, एक पक्राउ

अर्थ संसार

बुधबार, ०३ साउन २०८०, १३ : ०९ मा प्रकाशित

सिनामंगलमा राखिएको शंकास्पद वस्तुमा भेटिएन विष्फोटक पदार्थ, एक पक्राउ

आज बिहान सिनामंगलमा भेटिएको शंकास्पद वस्तुमा विष्फोटक पदार्थ फेला नपरेको नेपाली सेनाले जानकारी दिएकाे छ । बुधबार बिहान सिनामंगलस्थित खोटाङ्ग हलेसी ज्वेलर्सको सटर तल ‘नेपाल उत्थान क्रान्किारी पार्टी’को नामबाट पर्चासहित शंकास्पद वस्तु राखिएको थियो ।

तर्साउनका लागि बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखेको पाइएको छ । शंकास्पद वस्तुमा विष्फोटक पदार्थ नभेटिएपछि सेनाको टोली डिस्पोज गरेर फर्किएको छ ।

शंकास्पद वस्तु डिस्पोज भएलगत्तै प्रहरी वृत्त, गौशालाको टोलीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजयन्ती पासवान रहेका छन् ।

यतिबेला सशस्त्र प्रहरीको टोलीले घटनास्थललाई सुरक्षित गराएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको