Like us!
Follow us!
Connect us!
Watch us!

सम्पर्कविहीन कर्मचारीको खोजी गर्दै सरकार,३ दिनभित्र हाजिर हुन अल्टिमेटम

अर्थ संसार

शुक्रबार, २२ जेठ २०८३, १० : ४४ मा प्रकाशित

सम्पर्कविहीन  कर्मचारीको खोजी गर्दै सरकार,३ दिनभित्र हाजिर हुन अल्टिमेटम

सरकारले सम्पर्कविहीन निजामती कर्मचारीहरूको खोजी प्रक्रिया अघि बढाएको छ।

अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा हाजिर नभएको, लामो समयदेखि सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (PIS) अद्यावधिक नगरेको पाइएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेको हो। मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो विवरण अद्यावधिक गराउनुपर्नेछ। 

मन्त्रालयले अध्ययन तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने संकेत समेत दिएको छ।सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्न यो सूचना जारी गरिएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको