Like us!
Follow us!
Connect us!
Watch us!

‘आइएमई पे’मा उपहारको बहार

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १० : ५१ मा प्रकाशित

‘आइएमई पे’मा उपहारको बहार

‘आइएमई पे’ ले “रेमिट्यान्समा उपहारको बहार” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो । सो अफर यही साउन १ गते देखि साउनको अन्त्य सम्म चल्ने छ । 

यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहक मध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउनेछन् । साथै, अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिनेछ । यस अफर अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरुको पुरस्कार वितरणको तस्बिर तथा भिडियो आइएमई पेको सामाजिक संजालमा प्रकाशन गरिने छ । 

यो अफर ग्राहकवर्गलाई विधुत्तिय माध्यम मार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विधुत्तिय भुक्त्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ सुचारु गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको