Like us!
Follow us!
Connect us!
Watch us!

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आईएमई पे एपबाट

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०५ : १५ मा प्रकाशित

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आईएमई पे एपबाट

डिजिटल वालेट ‘आइए मई पे’ मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइए मई पे ले यही भाद्र महिनाबाट सञ्चालनमा ल्याएको हो।

यसका साथै, आईएमई  पेको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफर मार्फत आइए मई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘वाटर’ प्रयोग गरी रु १०० सम्म छुट पनि प्राप्त गर्न सक्नेछन्।

यस सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झट बाट मुक्त गराई उपमहानगर लाई डिजिटलाइजेसनमा  जान सहायता पुर्‍याउने आईएमई  पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जनाएका छन्।

‘आइए मई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको