Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिस्टिलरी उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

अर्थ संसार

बुधबार, १० साउन २०८०, १० : ३७ मा प्रकाशित

हिमालयन डिस्टिलरी उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन –२०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१÷२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन – सिल्भर अवार्ड कम्पनीलाई प्रदान गरेको हो । 

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुबेदीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरुको वास्तविक तथ्य आम लगानीकर्तालाई उत्कृष्ट तरिकाले प्रस्तुत गररिहेको र यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुबेदीले जानकारी गरे ।

कम्पनीको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेड्रेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

मदिरा क्षेत्रमा उत्कृष्ट गुणस्तरीय मदिरा उत्पादन तथा बिक्री वितरण गर्न सफल हिमालयन डिस्टिलरीका उत्पादनहरु गेल्डेन ओक, ब्लु ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन अयला बजारमा अत्यन्त रुचाईएका मदिराहरु हुन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको